आइतबार पनि काठमाण्डौ महानगरका वडा र राजश्व कार्यालय ३ घण्टा खुल्ने

जनपत्र
७ जेष्ठ २०७९, शनिबार १८:४४

काठमाण्डौ – आइतबार सार्वजनिक बिदाको दिन पनि काठमाण्डौ महानगरपालिकाका वडा कार्यालय र राजश्व विभाग केही समयकाे लागि खुल्ने भएका छन् ।

आइतबार बिदाको दिन बिहान ८ देखि ११ बजेसम्म कार्यालय खुल्ने महानगरपालिकाले जनाएको छ ।

राजश्व र वडा कार्यालयमा अत्यावश्यक काम परेर आउनेहरुलाई लक्षित गरेर बिदाको दिन पनि ३ घण्टा कार्यालय खोल्ने निर्णय गरिएको महानगरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*