धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार साम्पाङ गठबन्धन भन्दा ३ हजार ९२ मतले अगाडि

जनपत्र
७ जेष्ठ २०७९, शनिबार १८:३९

सुनसरी – धरान उपमहानगरपालिकाकाे मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङकाे अग्रता कायमै छ । उहाँ ३ हजार ९२ मतले अघि हुनुहुन्छ ।

अहिलेसम्म गणनामा स्वतन्त्रका उम्मेदवार साम्पाङले १५ हजार ९६६ मत प्राप्त गर्नुभएकाे हाे । उहाँका प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले १२ हजार ८७४ मत प्राप्त गर्नुभएकाे छ ।  नेकपा एमालेबाट मेयरकी उम्मेदवार मञ्जु भण्डारी सुवेदीले आठ हजार १० सय ४५२ मत प्राप्त गर्नुभएकाे छ ।

यसैगरी उपमेयरमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका आइन्द्र विक्रम बेघाले १५ हजार ७६९ मत प्राप्त गरी अग्रता बनाइरहनुभएकाे छ । उहाँलाई नेकपा एमालेका पदम इस्बो लिम्बूले १४ हजार २५२ मतसहित पछ्यारहनुभएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*