काठमाण्डाैमा ९७ हजार मतगणना हुन बाँकी : स्थापित भन्दा बालेन १५ हजार ५८३ मतले अगाडि

जनपत्र
७ जेष्ठ २०७९, शनिबार १४:१५

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकामा अहिलेसम्म ९३ हजार ६४७ मत गणना भइसकेकाे छ । अहिलेसम्मकाे गणनाअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साह फराकिलाे मतान्तरका साथ अगाडि हुनुहुन्छ ।

बालेनले ३४ हजार १ सय ३० मत पाउनु भएकाे छ । मेयर पदमा नेकपा एमालेका उम्मेदवार केशव स्थापित बालेन भन्दा १५ हजार ५८३ मतले पछाडि हुनुहुन्छ । स्थापितकाे पक्षमा १८ हजार ५ सय ४७ मत प्राप्त गर्नुभएकाे छ । अब ९७ हजार ५२९ मत गन्न बाँकी छ ।

यस्तै उपाध्यक्षमा एमालेकी उम्मेदवार सुनिता डंगाेलले फराकिलाे अग्रता कायमै राख्नुभएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*