युक्रेनको मारिउपोल सहरमा रुसकाे कब्जा

जनपत्र
७ जेष्ठ २०७९, शनिबार ०९:३५

unn.prixa.net

रुसले युक्रेनको मारिउपोल सहरमा कब्जा गरेको घोषणा गरेको छ ।

युक्रेनी बन्दरगाह सहर मारिउपोल कब्जा गर्न रुसी सेना निरन्तर लडिरहेको थियो । ५ सय ३१ युक्रेनी सैनिकले छोडेसँगै मारिउपोल सहर र स्टिल प्लान्टमा विजय प्राप्त गरेको रुसी रक्षा मन्त्रालयले जनाएको बीबीसीले उल्लेख गरेको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हिजो त्यहाँ रहेका अन्तिम रक्षकलाई ठाउँ छोड्न अनुमति दिनुभएको थियो । मारिउपोल सहरको स्टिल कारखाना रुसी सेनाको घेराबन्दीमा थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*