इटहरीका वडाहरुमा एमालेको वर्चश्व, मेयरमा भने पछाडि

जनपत्र
७ जेष्ठ २०७९, शनिबार ०७:४९

सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिकामा ७९ दशमलव १२ प्रतिशत मतगणना सम्पन्न भएको छ ।

शनिवार बिहानसम्म १३ वटा वडाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार वडा तहमा नेकपा (एमाले) को वर्चश्व पाइएको छ ।

अन्तिम मतपरिणाम आएका १३ वटा वडामध्ये १० वटा वडामा एमालेका उम्मेदवार विजयी भएका छन् । तीन वडामा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अहिले बाँकी रहेका वडा नम्बर ८ देखि १४ सम्मका ७ वटा वडाको मतगणना भइरहेकाे छ ।

वडा तहमा वर्चश्व कायम गरेको एमाले उपमहानगरको मेयरमा भन्ने पछि परेको छ । पछिल्लो मत परिणाम अनुसार एमालेका मेयर पदका उम्मेदवार याम कुमार सुब्बाले २२ हजार ५ सय ८० मत ल्याउनु भएकाे छ।

उहाँ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार हेमकर्ण पौडेलसँग ४ हजार १७ मतले पछि पर्नुभएकाे छ । कांग्रेसका उम्मेदवार पौडेलले अहिलेसम्म २६ हजार ६ सय ५२ मत पाउनु भएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*