काठमाण्डौमा बालेन र चितवनमा रेनुको अग्रता कायमै, अरु महानगरपालिकाको स्थिति के छ ?

काठमाण्डाै – ६ वटा महानगरपालिकामध्ये विराटनगर महानगरपालिकाको नतिजा सार्वजनिक भइसकेको छ। विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी भएका छन् । अरु पाँच महानगरपालिकाको मतगणना भइरहेको छ । पछिल्लो परिणाम यस्तो छ :
काठमाण्डौ महानगरपालिका :
स्वतन्त्र बालेन्द्र साह : ३१ हजार १५
एमालेका केशव स्थापित : १६ हजार ५ सय २७
कांग्रेसकी सिर्जना सिंह : १६ हजार २ सय २४
उपमेयरमा एमाले सुनिता डङ्गोल २६ हजार ५ सय ७५ मतसहित अग्रस्थानमा कायमै
भरतपुर महानगरपालिका
माओवादी केन्द्रकी रेनु दाहाल : २४ हजार ६ सय ६०
एमालेका विजय सुवेदी : २० हजार ६ सय ६३
उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीको अग्रता छ ।
पोखरा महानगरपालिका
एकीकृत समाजवादीका धनराज आचार्य : ३१ हजार ५ सय १७
एमालेका कृष्णबहादुर थापा : २८ हजार २ सय २२
उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङको अग्रता छ ।
ललितपुर महानगरपालिका
कांग्रेसका चिरीबाबु महर्जन : २२ हजार ८ सय २०
एमालेका हरिकृष्ण व्यञ्जनकार : १३ हजार १ सय २४
उपमेयरमा एमालेकी मञ्जली शाक्य बज्राचार्यको अग्रता छ ।
वीरगञ्ज महानगरपालिका
जनता समाजवादी राजेशमान सिंह : २४ हजार ३ सय १६
एमाले विजय सरावगी : १२ हजार ४ सय ८९
उपमेयरमा कांग्रेसका इम्तियाज आलमको अग्रता छ ।