हेटौंडा–१० मा एमालेको प्यानलनै विजयी

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० मा एमालेको प्यानलनै विजयी भएको छ । एमालेका तर्फबाट फुर्वा दोर्जे लामा सहित प्यानलनैै विजयी भएका हुन् । एमालेका सदस्यका उम्मेदवारहरु इश्वर मैनाली, बिमल लामा, साधना श्रेष्ठ र गोमा सुनार विजयी भएका हुन् । नेपाली काग्रेसका तर्फबाट वडा अध्यक्षका उम्मेदवार रहेका रमेशध्वज कार्कीलाई पराजित गर्दै लामाको टिमनै विजयी भएको हो ।