रामेछापकाे खाँडादेवी गाउँपालिकामा एमाले विजयी

जनपत्र
६ जेष्ठ २०७९, शुक्रबार १७:०३

रामेछाप – जिल्लाको खाँडादेवी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

पालिकाको अध्यक्षमा ज्ञानकुमार श्रेष्ठले ७ हजार ३ सय ६९ मत प्राप्त गरी विजयी हुनुभएकाे हाे । उहाँका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार नवराज थोकरले ४ हजार ९ सय ९ मत प्राप्त गर्नुभएकाे छ।

त्यसैगरी उपाध्यक्षमा एमाले पार्टीको तर्फबाट उम्मेदवार बन्नुभएकी रमा घिसिङ्गले ७ हजार ४ सय ५८ मत प्राप्त गरी विजयी हुनुभएकाे छ । उहाँका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका मानबहादुर लामाले ४ हजार १ सय ११ मत पाउनुभयाे । योसँगै रामेछापका २ नगरपालिका र ६ वटा गाउँपालिका गरी ८ वटै पालिकाको मतगणना सम्पन्न भएको मुख्य निर्वाचन कार्यालय रामेछापले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*