व्यायाम गर्दा किन निस्किन्छ यी युवतीको शरीरबाट रगत ?

जनपत्र
४ असार २०७६, बुधबार ०६:४०

व्यायाम गर्दा शरीरबाट पसिना निस्किनु स्वभाविकै हो । तर यो दुनियाँमा एकजना यस्ती युवती छिन् जसको शरीरबाट व्यायाम गर्दा पसिनाको साटो रगत निस्किन्छ । यो पत्याउनै नसक्ने घटना इटालीको हो । त्यहाँकी एक २१ वर्षीया युवती अनौठो समस्याबाट ग्रसित छिन्, जसको कारण पत्ता लगाउन डाक्टरहरु पनि असमर्थ छन् ।

व्यायाम तथा कुनै शारीरिक मिहिनेत गर्दा उनको जिउबाट रगत निस्किन्छ । उनको टाउकोदेखि हत्केलासम्मका भागबाट रगत निस्कने गरेको छ । ती युवतीको समस्यालाई ब्लड स्वेटिङ अर्थात् रक्त पसिना भनिन्छ । उक्त रोग भएका मानिसको शरीरबाट पसिनाको साटो रगत निस्किन्छ । ती युवतीको अहिले उपचार चलिरहेको बताइएको छ । उनको रक्तचाप नियन्त्रण गरी रगतको पसिना रोक्ने प्रयास डाक्टरहरुले गरिरहेका छन् ।

एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*