दाङको तुलसीपुर उपमहानगरपालिकामा कांग्रेसका गिरी १ सय ११ मतले अगाडि

जनपत्र
६ जेष्ठ २०७९, शुक्रबार १२:०८

दाङ –  दाङकाे तुलसीपुर उपमहानगरपालिकामा नेपाली कांग्रेसका गेहेन्द्र गिरी १ सय ११ मतले अगाडि हुनुहुन्छ ।

ताजा मत परिणाम अनुसार गिरीले ७ हजार ९ सय ९९ मत पाउनु भएकाे छ । नेकपा एमालेका टीकाराम खड्काले भने ७ हजार ८ सय ८८ मत पाउनु भएकाे छ।

त्यस्तै उपमेयरमा नेपाली कांग्रेसका जाेगबहादुर राणाले ६ हजार १ सय ८९ मत प्राप्त गर्नुभएकाे छ भने एमालेकी स्यानी चाैधरीले ७ हजार ३ सय २३ मत पाउनु भएकाे छ ।

अहिलेसम्म तुलसीपुरमा १९ हजार ३ सय ५४ मत गणना भइसकेकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*