हेटौंडाका कुन् वडामा कसको मत कती ?

हेटौंडा/ बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिकाको ११ वटा वडाको मतपरिणाम सम्पन्न भएको छ । निर्वाचन कार्यालयले दिएको नतिजा अनुसार ११ वटा मध्ये ६ वटा वडामा नेपाली कांग्रेस विजयी भएको छ भने ५ वटा वडामा नेकपा एमाले विजयी भएको छ । हेटौंडा १, २, ३, ६, १६ र १७ नम्बरको वडा अध्यक्ष पदमा कांग्रेसका उम्मेदवार विजयी भएका हुन् । १ नम्बरमा सविन न्यौपाने, २ नम्बरमा विष्णुगोपाल महर्जन, ३ नम्बरमा ढलक बहादुर थापा, ६ नम्बरमा विष्णु बहादुर दहाल, १६ नम्बरमा रामकृष्ण कोइराला र १७ नम्बरमा उद्धव सत्याल विजयी भएका हुन् ।
त्यसैगरी वडा नम्बर ५, १४, १५, १८ र १९ को वडा अध्यक्ष पदमा एमालेका उम्मेदवार विजयी भएका हुन् । ५ नम्बर वडामा सुशील घिमिरे, १४ मा दिपक खड्का, १५ मा सुनिल मोक्तान, १८ मा अनिल कुमार बानियाँ र १९ नम्बरमा नरनाथ सुवेदी ‘नवराज’ विजयी भएका हुन् । हेटौंडा उपमहानगरपालिकामा १९ वटा वडा रहेको छ ।
हेटौंडाका विभीन्न वडाहरुको मतगणना चलिरहेको छ । मतगणनामा कुनै वडामा एमालेका उममेदवार अगाडी छन् त कुनै वडामा गठबन्धनका उम्मेदवार अगाडि लागेका छन् ।हालसम्म वडा नम्वर १,२,३,५,६,७, १४,१५,१६,१७,१८ र १९ को मतगणना सम्पन्न भइसकेको छ भने बाँकी वडाहरुको मतगणना जारी रहेको छ ।
स्थानीय तह निर्वाचन २०७९ अन्तरगत हेटौंडा उपमहानगरपालिकाको मत गणना जारी रहेको छ । वडा नम्वर १२ को मतगणना भइरहेको छ । हालसम्म १ हजार ३२९ मत गणना गर्दा मेयर पदमा गठबन्धनकी मीना लामालाई ५६९ मत, एमालेका अनन्त पौडेललाई २८३ मत र राप्रपाका दीपकबहादुर सिंहलाई २८३ मत प्राप्त भएको छ ।
त्यस्तै, उपमेयर पदमा गठबन्धनका राजेश बानियाँलाई ७९३ मत, एमालेकी सुमित्रा काफ्लेलाई ३३६ मत र राप्रपाकी इन्दिरा डल्लाकोटीलाई १०२ मत प्राप्त भएको छ ।
त्यस्तै, वडा अध्यक्ष पदमा नेकपा कांग्रेसका अर्जुनप्रसाद तिवारीलाई ४०९ मत, नेकपा माओवादीका ललितबहादुर घलान ४०२ मत र नेकपा एमालेका राजेश नगरकोटीलाई ३६३ मत मत प्राप्त भएको छ ।
हेटौंडा – वडा न ४ मा ४७९५ गन्दा
मेयर
कलम- १२०८
सूर्य – ११७०
हलो – १९३५
उपमेयर
रुख -२३५३
सूर्य -१३६३
हलो -६२१
वडाध्यक्ष
रुख-१९३१
सूर्य – २०००
हलो -५०८
हेटौंडा ९ को ३५० भोट गणना गर्दा
मेयरतर्फ
सुर्य -८८
कलम-१०७
हलो-११६
उप मेयर
सुर्य-१०२
रुख-१५३
हलो-३३
वडाध्यक्ष
सुर्य-९९
कलम-२००
हलो-२९
हेटौंडा उपमहानगरपालिका वडा न ११ को ६५० मतगणना
मेयर
कलम : १८२
एमाले: १६४
राप्रपा : २०५
उपमेयर
गठबन्धन: २३४
एमाले: २२३
राप्रपा :५२
वडा अध्यक्ष
एमाले: २३२
माओवादि: १८९
धारो: १००