बर्दियाकाे बढैयाताल गाउँपालिका अध्यक्षमा माओवादी र उपाध्यक्षमा एमाले विजयी

जनपत्र
५ जेष्ठ २०७९, बिहीबार १३:४६

बर्दिया – बर्दिया बढैयाताल गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

नेकपा माओवादी केन्द्रका हिमालय त्रिपाठीले ९ हजार ३ सय ६७ मतसहित अध्यक्ष पदमा विजयी हुनुभएकाे हाे । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका लालबहादुर श्रेष्ठले ८ हजार ३ सय ८ मत ल्याउनुभयाे ।

यस्तै उपाध्यक्षमा नेकपा एमालेका लक्ष्मीकुमारी अधिकारीले ८ हजार ८ सय ८५ मतसहित विजयी हुनुभयाे । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार पवित्रा अर्यालले ८ हजार ३ सय १५ मत ल्याउनुभयाे ।

६ नगरपालिका र २ गाउँपालिका गरि ८ पालिका रहेको बर्दिया जिल्लाभरको मत गणना सकिएकाे छ । बर्दियामा नेपाली कांग्रेसले ५ पालिकामा, नेकपा माओवादी केन्द्रले २ पालिकामा र नेकपा एमालेले १ पालिकामा विजयी भएकाे जिल्ला निर्वाचन कार्यालय बर्दियाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*