धनगढीमा स्वतन्त्र उम्मेदवार हमाल ८ हजारभन्दा धेरै मतले अगाडि

जनपत्र
५ जेष्ठ २०७९, बिहीबार १३:४३

कैलाली – धनगढी उपमहानगरपालिकाकाे मेयरमा स्वतन्त्र उम्मेदवार गाेपाल हमाल धेरै अगाडि देखिनुभएकाे छ ।

अहिलेसम्म ३३ हजार ६ सय ५२ मत गन्दा हमालले आठ हजार एक सय ३२ मतकाे अग्रता लिइरहनुभएकाे छ । उहाँलाई गठबन्धनबाट नेपाली कांग्रेसका नृपबहादुर वडले पछ्याइरहनुभएकाे छ । वडले सात हजार पाँच सय ९६ मत प्राप्त गर्नुभएकाे छ । नेकपा एमालेका रणबहादुर चन्दले तीन हजार पाँच सय १३ मत प्राप्त गर्नुभएकाे छ ।

यस्तै उपमेयरमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी शान्ति अधिकारीले अग्रता लिइरहनुभएकाे छ । उहाँलाई एमालेकी कन्दकला रानाले पछ्याइरहनुभएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*