सुनसरीको गढीमा अध्यक्ष र उपाध्यक्ष दुवैमा एमाले विजयी

जनपत्र
५ जेष्ठ २०७९, बिहीबार १३:३९

सुनसरी – सुनसरीको गढी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् ।

निर्वाचन अधिकृतको कार्यालय गढीले दिएको जानकारी अुनसार अध्यक्षमा  आशनारायण चौधरी विजयी हुनु भएकाे हाे ।

उहाँले ८ हजार ९ सय १ मत प्राप्त गर्नुभएकाे छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका महेश दत्तले ५ हजार ३ सय ५० मत मात्रै प्राप्त गर्नुभएकाे छ।

यस्तै उपाध्यक्षमा पनि एमालेकी अनिता शाह ७ हजार ८ सय १५ मत ल्याएर विजयी हुनुभएकाे छ । उहाँकी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार राजकुमारी चौधरीले ५ हजार ८ सय ३८ मत प्राप्त गर्नुभएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*