हेटौंडा ५, १४ र १५ मा एमालेका उम्मेदवार विजयी
हेटौंडा। स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत हेटौंडाको ३ वडामा एमालेको उम्मेदवार विजयी भएका छन्। हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५,१४ र १५ मा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका हुन्।
बिहीबार बिहान सम्पन्न मतगणनाको मतपरिणाम अनुसार हेटौंडा -५ मा एमालेका उम्मेदवार सुशिल घिमिरे विजयी भएका छन्। घिमिरेले कांग्रेसका उम्मेदवार ह्यव्र आचार्यलाई पराजित गरेका हुन। घिमिरेले २५३० मत प्राप्त गर्दा आचार्यले १३९० मत मात्र प्राप्त गरेका छन्।
त्यसैगरी हेटौंडा-१४ मा एमालेका उम्मेदवार दिपक खड्का विजयी भएका छन्। उनले १७८२ मत पाउदा माओवादी केन्द्रका उम्मेदवार ज्ञानेन्द्र मुक्तानले ११४६ मत प्राप्त गरेका थिए ।
त्यसैगरी हेटौंडा-१५ मा एमालेका उम्मेदवार सुनिल मोक्तान विजयी भएका छन्। उनले गठबन्धनका उम्मेदवार नवराज घलानलाई पराजित गरेका हुन्। मोक्तानले २४९१ प्राप्त गर्दा घलानले १५१७ मत प्राप्त गरेका हुन। त्यसैगरी ३ वटै वडाको सदस्यमा एमालेको प्यानल विजयी भएका हुन।