प्रतिनिधि प्रवेशका विषयमा विवाद हुँदा तुलसिपुरकाे मतगणना राेकियाे

दाङ – तुलसीपुर उपमहानगरपालिकाको मतगणना रोकिएको छ । मतगणना स्थलमा एजेन्ट अर्थात् उम्मेदवार प्रतिनिधि प्रवेशको विषयलाई लिएर विवाद हुँदा केही समयका लागि मतगणना कार्य रोकिएको दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिनुभयाे ।
सहमति भएलगतै मतगणना सुरु हुने प्रजिअ रेग्मीले बताउनुभयाे । मतगणना उच्च सरकारी वकिलको कार्यालय तुलसीपुको हलमा भइरहेको छ । एमालेका प्रतिनिधिले सहमति अनुसार एकजना उम्मेदवार बराबार एक जना मात्र एजेन्ट हुनुपर्ने माग राखेका छन् ।