रुकुम पश्चिमकाे आठबिसकोट नगरपालिकामा माओवादी विजयी

रुकुम पश्चिम – रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा माओवादी केन्द्रका उम्मेदवारले विजय हासिल गरेका छन् । नगर प्रमुख र उपप्रमुखमा माओवादी केन्द्रका रवि केसी र धनकुमारी शाही निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय आठबिसकोटले जनाएको छ ।
प्रमुखमा रविले सात हजार ३७९ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका धिरेन्द्रकुमार बटालाले ६ हजार ६१५ मत प्राप्त गर्नुभएको छ । यस्तै, उप प्रमुख धनकुमारी शाहीले सात हजार २६५ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दिनेश चन्दले ६ हजार २६८ मत र राप्रपाका उम्मेदवारले ७ मत प्राप्त गर्नुभएको छ ।
१४ वडा रहेको आठबिसकोटका चार वटा वडामा कांग्रेस एमाले गठबन्धनले जित हासिल गरेको छ भने बाँकी सबै वडाहरुमा माओवादी केन्द्रले जितेको गरेको छ ।