४१३ पालिका उपप्रमुखको नतिजा सार्वजनिक : १८५ मा कांग्रस, ११७ मा एमाले र ८६ मा माओवादी विजयी

पालिका चुनाव–२०७९ अन्तर्गत बुधबार बिहान सावा सात बजेसम्म ४१३ पालिका उपप्रमुखरउपाध्यक्षको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। अहिलेसम्म १८५ पालिका उपप्रमुखमा कांग्रेस उम्मेदवार निर्वाचित भएका छन्। १०१ पालिका उपप्रमुखमा कांग्रेसले लिड गरिरहेको छ।
नेकपा एमालेले ११७ पालिका उपप्रमुखमा जित हासिल गरेको छ। र, उसले ११५ पालिका उपप्रमुखमा लिड गरिरहेको छ। नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले ८६ पालिका उपप्रमुखमा जित्दै ४० पालिका लिड गरिरहेको छ।
जनता समाजवादी पार्टीले ५ पालिका उपप्रमुखमा जित हासिल गरेको छ। उसले २५ पालिका प्रमुखमा अग्रता लिएको छ। उता लोकतान्त्रीक समाजवादी पार्टी नेपालले ११ पालिका उप्रमुखमा लिड गरिरहेको छ। स्वतन्त्र तथा अन्यले ६ पालिका उपप्रमुखमा जितेका छन्। १० पालिका उपप्रमुखमा अन्यले लिड गरिरहेका छन्।