संखुवासभामा पहिराे: स्थानीयकाे घर र जलविद्युत आयाेजनाकाे निर्माण सामग्री पुरिए

संखुवासभामा सोमबार साँझदेखि आएको बाढी र पहिरोले कराेडाैँ रुपैयाँभन्दा बढिको क्षति भएकाे छ । केहीदिन अघिदेखि उत्तरी भेगमा परेको वर्षाका कारण अरूण नदीमा आएकोमकालु, चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकाका विभिन्न भागहरुमा ठूलो क्षति पुर्याएको हो । घटनामा हालसम्म कुनै मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक मीमबहादुर लामाले बताउनुभयो ।
वर्षासँगै झरेको पहिरोले सोमबार साँझ मकालु गाउँपालिका–५, नुममा स्थानीय अजित राईको घर पुरेको छ । उहाँको अनुसार, टिनको छानो भएको २ तले घरको माथिबाट वर्षासँगै झरेको माटोको ढिस्कोले घरमाक्षति पुर्याएको हाे ।