हेटौंडामा ३३,५७८ मतगणनाः मिना लामा पहिलो, पछ्याउँदै दिपक सिंह, मतान्तर साघुरो बनाउँदै अनन्त पौडेल

जनपत्र
४ जेष्ठ २०७९, बुधबार ०६:४१

हेटौंडा । हेटौंडा उपमहानगरपालिका मेयर र उपमयेयरमा यस्तो छ शिद्धार्थ माविको कक्षा कोठाहरुमा चलिरहेको छ । अहिले सम्म ३३ हजार ५७८ मत गणना हुँदा पहिलो स्थामा गठबन्धनका तर्फबाट एकिकृत समाजबादीका तर्फबाट मेयर पदका उम्मेदवार मिना कुमारी लामा अगाडि हुनुहुन्छ । उहाँले १०,४१० मत प्राप्त गर्नु भएको छ । उहाँलाई पछ्याउँदै राप्रपाका उम्मेदवार दिपकबहादुर सिंहले ९९२२ मत प्राप्त गर्नु भएको छ ।

हिजो सम्म फराकिलो मतान्तरबाट पछी परेका नेकपा एमालेका मेयरका उम्मेदवार अनन्त पौडेलले मतअन्तरलाई साघुरो पार्दै लैजानु भएको छ । यो समाचार तयार पार्दा सम्म पौडेलले ९०२५ मत प्राप्त गर्नु भएको छ ।

यसैगरी उपमहानगरपालिकाको उपमेयरमा गठबन्धनका तर्फबाट उपमेयर पदका उम्मेदवार राजेश बानियाँले १५४५५ मत प्राप्त गर्नु भएको छ । नेकपा एमालेका तफृबाट उपमेयरका उम्मेदवार सुमित्रा काफ्लेले १०५८१ मत प्राप्त गर्नु भएको छ । यसैगरी राप्रपाका उपमेयरका उम्मेदवार इन्दिरा न्यौपाने डल्लाकोटीले १४४८ मत प्राप्त गर्नु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*