थाहा नगरपालिकामा मेयर, उपमेयरका उम्मेदवारले कति ल्याए मत ?

जनपत्र
३ जेष्ठ २०७९, मंगलवार २०:०७

हेटौंडा । मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिकामा मेयर र उपमेयरका उम्मेदवारमा गठबन्धन अगाडि छ । एमालेका उम्मेदवारलाई पछी पार्दै गठबन्धन अगाडि लागेको हो । गठवन्धनका तर्फबाट मेयरमा उम्मेदवारी दिएका नेकपा माओबादी केन्द्रका बिष्णु बहादुर बिष्टले ८४२३ मत प्राप्त गर्दा एमालेका मेयरका उम्मेदवार अचुतम प्रसाद ढकालले ६६५८ मत प्राप्त गरेका छन् ।

यसैगरी नेपाली कांग्रेसका भरत गोपालीले ७३९९ मत र एमाले कल्पना वलामीले ७३५१ मत प्राप्त गरेका छन् । थाहा नगरपालिकामा कुल ३२ हजार ३०७ मतदाता मध्ये २३ हजार ५६ जना अर्थात ७१।३६ प्रतिशतले मतदान गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*