सप्तकाेसी नगरपालिकाकाे मेयर र उपमेयरमा कांग्रेस विजयी

जनपत्र
३ जेष्ठ २०७९, मंगलवार १८:१३

सप्तरी – सप्तरीको सप्तकोसी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका कृष्णप्रसाद ढकाल र उपमेयरमा कांग्रेसकै रिताकुमारी चौधरी विजयी हुनुभएको छ ।

मेयरमा कांग्रेसका उम्मेदवार ढकालले चार हजार चार सय ६९ मत र उहाँका प्रतिस्पर्धी नेकपा एमालेका उत्तमकुमार शर्माले दुई हजार नौ सय ६७ मत प्राप्त गर्नुभएको छ ।

यस्तै उपमेयरमा कांग्रेसकी उम्मेदवार चाैधरीले तीन हजार नौ सय ५८ मत र उहाँका प्रतिस्पर्धी एमालकी संगीताकुमारी चौधरीले तीन हजार दुई सय मत प्राप्त गर्नुभएको छ ।

नगरपालिकाकाे ११ वटा वडामध्ये कांग्रेसले ६, एमालेले चार र माओवादी केन्द्रले एउटा वडामा अध्यक्ष पद जितेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*