प्रमुखमा कांग्रेस १५० र एमाले १०० स्थानमा विजयी

जनपत्र
३ जेष्ठ २०७९, मंगलवार १८:१०

काठमाडौँ — नेपाली कांग्रेस र नेकपा एमालेले क्रमश: १ सय ५० र १००स्थानीय तहको प्रमुख जितेका छन् ।

पछिल्लो तथ्यांकअनुसार नेकपा माओवादी केन्द्रले ७६ स्थानीय तहको प्रमुख जितेको छ । त्यसैगरी नेकपा एकीकृत समाजवादीले ४, राजमो, स्वतन्त्रसहित अन्य विभिन्न राजनीतिक दलका ९ जना उम्मेदवारले पालिका प्रमुख जितेका छन् । त्यसैगरी जनता समाजवादी पार्टीले ३ वटा स्थानीय तहको प्रमुख जितेको छ ।

पछिल्लो तथ्याकंअनुसार नेपाली कांग्रेसका प्रमुख पदका १ सय ५७ जना उम्मेदवारले मतगणनामा अग्रता लिएका छन् भने एमालेको ९३ जना उम्मेदवार अघि रहेका छन् । त्यसैगरी नेकपा मा‌ओवादी केन्द्र ४१, एकीकृत समाजवादीका १५ उम्मेदवार मतगणना लिड गरिरहेका छन् ।

त्यसैगरी नेपाली कांग्रेसले १ सय ४८ स्थानीय तहको उप प्रमुख जितेको छ भने एमालेले ९९ स्थान जितेको छ । माओवादी केन्द्रले ७६, नेकपा एकीकृत समाजवादीले १०, अन्यले ५, जनता समाजवादी पार्टी ४ स्थानीय तहका उप प्रमुखमा जीत हासिल गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*