(अपडेट) कर्णाली नदीमा जीप दुर्घटना: उपाध्यक्षसहित १० जनाको मृत्यु

कर्णाली नदीमा जीप खस्दा १० जनाको मृत्यु भएको छ । जीप १६ सिट क्षमाताको रहको बताइएको छ ।
हुम्लाकाको खार्पुनाथ गाउँपालिका –५ कैलावालुमा लु १ ज ७१६६ नम्बरको जीप दुर्घटना भएको हो । हुम्लाका प्रहरीका अनुसार हुम्लाको खार्पुनाथ गाउँपालिका हुँदै जिल्ला सदरमुकाम सिमकोटका लागि छुटेको जिप सडकबाट करिब २० मिटर तल कर्णाली नदीमा खसेको हो।
दुर्घटना भएकाे उक्त जीपमा सवार उपाध्यक्ष सिन्धु हमाल शाहीसंगै कर्माचारी चन्द्र हमाल, ड्राइभर मणि शाही , बसन्ति शाही, गोकुल सुनार, नन्ददेवी सिंह , नयन भण्डारी , करौव कामी, कामीका दुई वर्षीय एक बच्चा र अर्का नाम नखुलेको एक जनाको मृत्यु भएको बताइएको छ ।