फुङलिङ नगरपालिकाको मेयरमा कांग्रेस विजयी

जनपत्र
३ जेष्ठ २०७९, मंगलवार १५:४८

ताप्लेजुङ – ताप्लेजुङको एक मात्र नगरपालिका फुङलिङमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका अमिर मादेन विजयी हुनुभएकाे छ ।

गठबन्धनका उम्मेदवार मादेनले दुई हजार ३६७ मतको भारी अन्तरले नेकपा एमालेका छत्रपति प्याकुरेललाई पछि पार्दौ विजय हासिल गर्नु भएको हो । उहाँले ६ हजार १७९ मत प्राप्त गर्नु भएको छ । उहाँका प्रत्यासी नेकपा एमालेका छत्रपति प्याकुरेलले तीन हजार ८१२ मत मात्र प्राप्त गर्नु भएको छ । २०७४ सालको निर्वाचनमा विजयी बनि ५ वर्ष मेयर चलाउनुभएका प्याकुरेल फराकीलो मतले पराजित हुनुभएको हो ।

उता, उपमेयर पदमा भने नेकपा एमालेकी भीमादेवी ओझाले चार सय ३३ मतको अन्तरले विजयी बन्नु भएको छ । उहाँले चार हजार २७७ मत प्राप्त गर्नु भएको छ । ओझाका प्रत्यासी गठबन्धनका तर्फबाट नेकपा माओवादीका उम्मेदवार बमबहादुर भट्टराईले  तीन हजार ८४४ मत प्राप्त गर्नुभएको छ  ।  विजयी ओझा पनि नेकपा एमालेका तर्फबाट नगरपालिको वडा नं.५ को वडाध्यक्ष बनिसक्नु भएको हो । पराजित बन्नुभएका भट्टराई गएको ५ वर्ष उपमेयर पद सम्मालि सक्नुभएको हो ।

यस्तै नगरपालिकाको ११ वडामध्ये  नेकपा एमालेले ३, ४, ७ र ९ वडामा वडाध्यक्ष जितेको छ । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसले वडा न.१, ६ र ८ को वडाध्यक्ष जित हात पारेको छ । गठबन्धनकै अर्को घटक नेकपा माओवादीले वडा नं. ५, १० र ११ को वडाध्यक्ष जितेको छ भने नेकपा एकीकृत समाजवादीले वडा नं. २ मा जित हासिल गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*