काठमाडौंको तारकेश्वर नगरपालिकाको मेयर र उपमेयर दुवैमा कांग्रेस विजयी

जनपत्र
३ जेष्ठ २०७९, मंगलवार ११:४०

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

मेयरमा कृष्णहरि महर्जन र उपमेयरमा सिर्जना बुर्लाकोटी निर्वाचित भएका हुन् । महर्जनले ११ हजार ९८८ मत ल्याए भने उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार रामेश्वर बोहराले  सात हजार ८०८ मत ल्याए ।

कांग्रेसबाट विजयी उपमेयर उम्मेदवार बुर्लाकोटीले १० हजार ७८६ मत पाइन् । उनका प्रत्यासी एमालेकी पराजित भवानी डोटेलले ८ हजार ६ मत प्राप्त गरिन् ।

तारकेश्वर नगरपालिकामा २०७४ सालको निर्वाचनमा एमाले विजयी भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*