हेटौंडामा २२, ८५० मतगणनामा अगाडि लागे राप्रपाका दिपक सिंह, पछी परिन गठबन्धनकी मिना लामा

जनपत्र
३ जेष्ठ २०७९, मंगलवार ०७:३१

हेटौंडा । हेटौंडामा उपमहानगरपालिकाको आज बिहान सम्मको मतगणनामा अगाडि परेका छन् राप्रपाका दिपक सिंह । मतगणना अनुसार गठबन्धनकी मिना लामा पछी परेकी छन् । गठबन्धन र राप्रपाका बिचमा तिब्र प्रतिस्पर्धा रहेको थियो । आज बिहान सम्म अगाडी रहेकी लामा अहिले भने सिंह भन्दा पछाडि परेकी हुन् ।

आज बिहान सम्ममा जम्मा मतगणना २२, ८५० भएको छ । मेयरमा सबै भन्दा धेरै राप्रपाका सिंहले ८२६५ मत प्राप्त गरेका छन् । त्यसैगरी गठबन्धनका लामाले ८०६७ प्राप्त गरेकी छन् । एमालेका अनन्त पौडेलले ६५२१ मत प्राप्त गरेका छन् ।

यसैगरी उपमेयरमा गठबन्धनका तर्फबाट राजेश बानियाँले ११७९१ मत ल्याउँदा एमालेका सुमित्रा काफ्लेले ८०३३ मत ल्याएकी छन् । राप्रपाका इन्दिरा डल्लाकोटीले २०१० मत मात्र प्राप्त गरेकी छन् । अहिले पनि हेटौंडाका ट वटा वडाको मतगणना चलिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*