हेटौंडामा १८५७० मतगणना, मेयरमा कसको कती मत ?

हेटौँडा / हेटौँडा उपमहानगरपालिकाको मेयर पदमा गठवन्धनको तर्फबाट एकिकृत समाजवादीकी उम्मेद्वार मिना लामाको अग्रता कायम रहेको छ । हालसम्म गणना भएको १८५७० मतमा लामाले ५ हजार ८ सय ५० मत ल्याउँदै अग्रता कायम गरेकी हुन् ।
दोश्रो स्थानमा राप्रपाका दिपकबहादुर सिंह रहेका छन् । सिंहले ५ हजार ४ सय ५८ मत प्राप्त गर्दा नेकपा एमालेका अनन्तप्रसाद पौडेलले ४ हजार ८ सय ३१ मत प्राप्त गर्न सफल भएका छन् । मतगणना जारी छ ।