तनहुँकाे घिरिङ गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

जनपत्र
२ जेष्ठ २०७९, सोमबार १८:१८

तनहुँ – तनहुँको घिरिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै अध्यक्ष र उपाध्यक्ष दुवैमा एमालेले जित हासिल गरेको हो ।

गाउँपालिकाको अध्यक्षमा होमबहादुर थापा ४ हजार ३ सय ३१ मत प्राप्त गरी विजयी हुनुभएको छ । प्रतिस्पर्धी नेपाली कांग्रेसका गङ्गा कुमालले तीन हजार ५ सय ५४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत कीर्तनराज पौडेलले जानकारी दिनुभयो ।

उपाध्यक्षमा एमालेकै राधादेवी अधिकारी ४ हजार ४ सय ८१ मत प्राप्त गरी विजयी हुनुभएको छ । कांग्रेस र नेकपा (एकीकृत समाजवादी) को गठबन्धनका तर्फबाट उपाध्यक्षका उम्मेदवार पूर्णबहादुर थापाले २ हजार ७ सय ४७ मत प्राप्त गर्नुभएको छ ।

घिरिङ गाउँपालिकाको पाँच वटा वडामध्ये तीन वटामा एमाले र दुई वटामा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । कांग्रेसबाट घिरिङ–१ को अध्यक्षमा रविचन्द्र घोरासिनी र ५ को अध्यक्षमा विष्णुवीर आले विजयी हुनु भएकाे छ भने एमालेबाट २ को अध्यक्षमा नरबहादुर थापा, ३ को अध्यक्षमा तहलसिंह थापा र ४ को अध्यक्षमा भीमबहादुर कुमाल विजयी हुनु भएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*