राजपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस निर्वाचित

दाङ । दाङको राजपुर गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार शरद कुमार बुढाथोकी निर्वाचित भएका छन् । उनी ३ हजार ९८० मत ल्याएर निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नकेपा एमाओवादी केन्द्रका चक्रबहादुर खड्काले ३ हजार १६७ मत मात्रै ल्याए । यस्तै नेकपा एमालेका कुलराज गिरीले २ हजार ९२२ मत पाए ।