चम्पादेवीकाे प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी
ओखलढुंगा – चम्पादेवी गाउँपालिका प्रमुखमा नेपाली कांग्रेस उम्मेदवार नवराज केसी ४ हजार ७ सय १५ मत ल्याएर विजयी हुनुभएको छ । उहाँले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार खड्गबहादुर कार्कीलाई १ सय ५५ मतान्तरले पराजित गर्नुभएको हो । पराजित कार्कीले ४ हजार ५ सय ६० मत पाउनुभयो ।
उपाध्यक्षमा एमालेका दिलमाया मगर विजयी हुनुभयो । मगरले ४ हजार ६ सय १४ मत पाउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कुषा मगरले ४ हजार ४ सय ४७ मत पाउनु भएको छ । दिलमाया एमालेबाट विजयी हुने पदाधिकारीमध्ये जिल्लामा पहिलो हुनुहुन्छ । एमाले मोलुङ र लिखु गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा जित नजिक रहे पनि एमालेको पदाधिकारीमा विजयी खाता उहाँले नै खोल्नुभएको हो ।
यहाँका १० वडामध्ये ७ मा कांग्रेस २ मा एमाले र १ मा माओवादीले जित हात पारे । २०७४ को निर्वाचनमा प्रमुख उपप्रमुख दुवै कांग्रेसले जितेको थियो । वडामा पनि ७ कांग्रेस २ माओवादी र १ एमालेले जितेका थिए ।