भरतपुर महानगरमा रेनु दाहाल भन्दा विजय सुवेदी ७३ मतले अगाडि

जनपत्र
२ जेष्ठ २०७९, सोमबार १५:४७

चितवन – चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्र र एमालेबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

पछिल्लो मत परिणामअनुसार माओवादी केन्द्रकी रेनु दाहाल ७३ मतले पछि पर्नु भएको छ । उहाँलाई एमालेका उम्मेदवार विजय सुवेदीले उछिन्नु भएको हो ।

पछिल्लो मत परिणाम अनुसार सुवेदीले ४ हजार ६ सय २५ मत ल्याउनु भएको छ भने माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ४ हजार ५ सय ५२  मत प्राप्त गर्नु भएको छ । यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ४० मत प्राप्त गर्नु भएको छ ।

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीको अग्रता छ । उहाँले ५ हजार ३ सय ९५ मत पाउनु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*