हेटौंडामा १३,१३८ मतगणनाः मेयर, उपमेयरमा कसको मत कती ?
हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको मतगणना चलिरहेको छ । हाल सम्म १३१३८ मतगणना हुँदा गठबन्धनका तर्फबाट एकिकृत समाजबादीका मेयर पदका उममेदवार मिना कुमारी लामाले ३९८७ मत प्राप्त गरेकी छन् । उनलाई पछ्याउँदै राप्रपाका दिपकबहादुर सिंहले ३९५० मत प्राप्त गरेका छन् । यसैगरी तेस्रोमा एमालेका उम्मेदवार अनन्त पौडेलले ३४५८ मत प्राप्त गरेका छन् ।
यसैगरी उपमेयर पदका उम्मेदवार गठबन्धनका तर्फबाट राजेश बानियाँले ५९०८ मत प्राप्त गरेका छन् । नेकपा एमालेकी उम्मेदवार सुमित्रा काफ्लेले ४२५१ मत प्राप्त गरेकी छन् । यसैगरी राप्रपाका इन्दिरा न्यौपानेले ९५४ मत प्राप्त गरेकी छन् ।







