भोजपुरको पौवादुङमा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा एमाले विजयी

भोजपुर – भोजपुरको पौवादुङमा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा एमाले विजयी भएको छ ।
अध्यक्षमा एमालेका किरण राई २ हजार ४९९ मतसहित निर्वाचित हुनुभयो । माओवादी केन्द्रका नगेन्द्र भुजेल १ हजार ६८८ मत ल्याउनुभयो । उपाध्यक्षमा एमालेकै ज्योत्सना राई २ हजार ४०६ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी माओवादीका सम्झना राईले १ हजार ७६९ मत प्राप्त गर्नुभयो ।