सिस्नेको अध्यक्षमा माओवादीका रेग्मी निर्वाचित, उपाध्यक्ष एमालेले जित्यो

रुकुम पूर्व । रुकुम पूर्वको सिस्ने गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका कृष्ण रेग्मी निर्वाचित भएका छन् । उनी एमाले–कांग्रेस गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै पालिका अध्यक्षमा विजयी भएका हुन् ।
रेग्मीले ३ हजार ७७९ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी एमाले–कांग्रेस गठबन्धनबाट दत्तबहादुर बस्नेतले ३ हजार ७ सय मत प्राप्त गर्नुभयो ।