हेटौंडाको मेयरमा गठबन्धन र राप्रपाको एक मतको टक्कर, ४०३ मतले पछी पर्यो एमाले

जनपत्र
२ जेष्ठ २०७९, सोमबार ०७:०४

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको मतगणना चलिरहँदा मेयर पदमा पाँच दलिय गठबन्धनका उम्मेदवार मिना कुमारी लामा र राप्रपाका उम्मेदवार दिपकबहादुर सिंहका बिचमा टक्कर परेको छ । एमालेका मेयरका उम्मेदवारअनन्त पौडेल भने ४०३ मतले पछाडी परेका छन् ।

कुल ११६७३ मतगणना हुँदा गठबन्धनकी मिना लामाले ३४५६ मत प्राप्त गरेकी छन् । यस्तै राप्रपाका दिपकबहादुर सिंहले ३४५५ मत प्राप्त गरेका छन् । यता नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले भने ३०५३ मत प्राप्त गरेका छन् । मतगणना जारी छ । यस्तै उपमेयरमा गठबन्धनका तर्फबाट राजेश बानियाँले ५१०३ मत प्राप्त गर्दा एमालेका सुमित्रा काफ्लेले ३९५६ मत पाएकी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*