मकवानपुरको बकैयामा काग्रेसका धर्मराज लामिछाने १४९० मतले अगाडि, ५ वटा वडामा कसको नेतृत्व ?

जनपत्र
२ जेष्ठ २०७९, सोमबार ०५:३३

हेटौंडा । मकवानपुरको बकैयाँ गाउँपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवार धर्मराज लामिछाने एमालेका उम्मेदवार भन्दा १४९० मतले अगाडि छन् । आज बिहान सम्मको मतगणनामा लामिछानेले ४१३६ मत प्राप्त गरेका छन् । यसैगरी नेकपा एमालेका अध्यक्षका उम्मेदवार सरला बोलखेले २६४६ मत प्राप्त गरेको बकैयाँका निर्वाचन अधिकृत आनन्दराज पोख्रेलले जानकारी दिए ।

यसैगरी उपाध्यक्षमा गठबन्धनका तर्फबाट उपाध्यक्ष पदका उम्मेदवार नेकपा माओबादी केन्द्रका भक्त बहादुर खत्रीले ३५२५ मत प्राप्त गर्दा नेकपा एमालेका लाल बहादुर स्याङतानले २७८६ मत प्राप्त गरेका छन् ।

यसैगरी पाँच वटा वडाको मतगणनाको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा बकैयाँ–१ मा माओबादी केन्द्रका आसिस तितुङ बिजयी भएका छन् । त्यसैगरी वडा नम्बर–२ मा माओबादी केन्द्रकै विश्वराज स्याङतान, वडा नम्बर–१० मा नेपाली कांग्रसका कमला कुमारी वाइवा, वडा नम्बर ११ मा नेपाली कांग्रेसका गोपाल बहादुर न्यासुर, वडा नम्बर १२ मा कांग्रेसका ज्ञानेन्द्र बजगाई विजयी भएको निर्वाचन अधिकृत पोख्रेलले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*