वीरगञ्जमा राजेशमान सिंहकाे अग्रता कायमै, विजय सरावगी १३ सयभन्दा धेरै मतले पछाडि

जनपत्र
१ जेष्ठ २०७९, आईतवार १८:०९

पर्सा – मधेस प्रदेशको एक मात्र महानगरपालिका पर्साको वीरगञ्ज महानगरपालिकाे मेयरमा गठबन्धनबाट जसपाका उम्मेदवार राजेशमान सिंहले दुई हजार दुई सय ८२ मतसहित अग्रतालाई निरन्तरता  दिनुभएको छ ।

यसैगरी नेकपा एमालेका उम्मेदवार विजयकुमार सरावगीले नाै सय १६ मतसहित उहाँसँग प्रतिस्पर्धामा हुनुहुन्छ । अहिले वडा नम्बर १, २, ३१ र ३२ को मतगणना भइरहेकाे छ । मतणना गर्न लामो समय लाग्ने भएकाले अन्तिम नतिजा आउन एक हप्ता लाग्ने छ ।

महानगरपालिका नेतृत्वका लागि गठबन्धन बनाउँदा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जसपाबीच एक समूह बनाएर तालमेल बनाएर सिंहलाई उम्मेदवार बनाएको छ । एमाले र लोसपाबीच अर्को समूह बनाएर वीरगञ्जका निवर्तमान मेयर सरावगीलाई उम्मेदवार बनाएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*