हेटौंडामा कांग्रेसले खाता खोल्यो, १ नम्बर वडा अध्यक्षमा दोस्रो कार्यकालका लागि सविन न्यौपाने विजयी

जनपत्र
१ जेष्ठ २०७९, आईतवार १६:४६

हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा नेपाली कांग्रेसले खाता खोलेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ को अध्यक्षमा सविन न्यौपाने विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार उत्तम पौडेललाई पराजित गरेका हुन् । हेटौंडाका १९ वटाहरु मध्यमा हिजो सुरुमै १ नम्बर वडाबाट निर्वाचन अधिकृतको कार्यालयले मतगणना सुरु गरेको थियो ।

न्यौपाने १३१ मतान्तरले विजयी भएका हुन्। उनी १३१ मतले बिजयी भएका हुन् । न्यौपानेले १४४२ मत ल्याउँदा उनका प्रतिष्पर्धी  नेकपा एमालेका उत्तमप्रसाद पौडेलले १३११ मत ल्याएका छन् । हेटौंडा-१ मा ३२९३ मत खसेको थियो। हेटौंडा-२, १८ र १९ नम्बर वडाको मत परिणाम छिटै आउँदैछ । यद्यपि आधिकारिक घोषणा भने भएको छैन्।

यस अघि पनि हेटौंडा १ मा नेपाली कांग्रेसका तर्फबाट न्यौपानेनै विजयी भएका थिए । आज विजयी भएसंगै दोस्रो कार्यकालका लागि न्यौपाने निर्वाचित भएका हुन् ।
पहिले नेकपा एमालेले १ नम्बर वडा गुमाएपनि यस पटक जित्नेगरी तयारी गरेको थियो । आफ्नो पहिलेको विरासत यस वर्ष पनि एमालेले फर्काउन सकेन । एमालेका तर्फबाट उत्तम प्रसाद पौडेल पराजित भएका छन् । हेटौंडा १ मा ३ हजार २९३ मत खसेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*