म्याग्दीको मालिका अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

जनपत्र
१ जेष्ठ २०७९, आईतवार १५:२५

म्याग्दी — म्याग्दीको मालिका गाउँपालिकाको सार्वजनिक मतपरिणामअनुसार पालिका अध्यक्षमा एमालेका वेगप्रसाद गर्वुजा र उपाध्यक्षमा एमालेकै लक्ष्मी पुनः विजयी भएका छन् । म्याग्दीमा पालिका अध्यक्ष, उपाध्यक्षमा एमालेले विजय सुरुवात गरेको हो ।

एमालेका वेगप्रसाद गर्वुजाले ३ हजार ९१ मत पाएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका श्रीप्रसाद रोकाले २ हजार ९ सय ७० मत पाए । नवनिर्वाचित गर्वुजा ०७४ सालको निर्वाचनमा यीनै रोकाबाट पराजित भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*