जुम्लाको गर्ज्याङकोटमा कडा सुरक्षा घेरामा मतदान पुनः सुरु

जनपत्र
१ जेष्ठ २०७९, आईतवार ११:०३

जुम्ला । स्थगित भएको जुम्लाको गुठचौर गाउँपालिका-३ गर्ज्याङकोटमा आज पुनः मतदान सुरु भएको छ ।

वैशाख ३० गते मतदानका क्रममा शंकर माध्यामिक विद्यालयको केन्द्रमा झडप हुँदा स्थगित भएपछि आज कडा सुरक्षाबीच मतदान सुरु गरिएको हो ।

मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाई, नेपाली सेनाका गणपति रविन थापा, सशस्त्र प्रहरी ३३ नम्बर गणका गणपति चित्रांगत दाहाल, प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दसहितको सुरक्षा टिम मतदान स्थलमा छ ।

मतदान सहज गर्न ठूलो मात्रामा नेपाल प्रहरी, शशस्त्र प्रहरी र बाहिरी घेरमा नेपाली सेना खटिएका छन् ।

मतदान भयरहित अवस्थामा सम्पन्न हुने निर्वाचन अधिकृत शम्भु गौतमले जानकारी दिए ।

१००७ मतदाता भएको यो मतदान केन्द्रमा ३२० मत खसिसकेको थियो तर निर्वाचन स्थगित भएपछि पुनः मतदान गरिएको हो ।

निर्वाचन अधिकृत तुलराज चौलगाईका अनुसार समाचार तयार हुँदासम्म १८८ मत खसिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*