मकवानपुरको बागमतीमा माओबादीका सर्केस र एमालेका खेमराजको मत कती ? १ नम्बर वडामा राइ बिजयी

जनपत्र
१ जेष्ठ २०७९, आईतवार ०८:५०

हेटौंडा । मकवानपुरको बागमती गाउँपालिका अध्यक्षमा पनि गठबन्धनका उम्मेदवार अगाडि देखिएका छन् । कुल १८ सय ४३ मत गणना हुँदा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा माओबादी केन्द्रका सर्केश घलानले ७८७ मत प्राप्त गरेका छन् । उनलाई पछ्याउँदै नेकपा एमालेका उम्मे्दवार खेमराज जर्गामगरले ७३४ मत प्राप्त गरेका छन् ।

यसैगरी बागमती गाउँपालिका उपाध्यक्षमा पनि गठबन्धनका उम्मेदवार नेपाली काग्रेसका फडिन्द्र तिमल्सीनाले १११७ मत प्राप्त गर्दा नेकपा एमालेका उपाध्यक्षका उम्मेदवार धनमायाँ स्याङतानले ३४४ मत मात्र प्राप्त गर्नु भएको बागमतीका निर्वाचन अधिकृत हरि प्रसाद उपाध्यायले जानकारी दिए ।

यसैगरी वडा नम्बर १ को अध्यक्षमा नेकपा माओबादी केन्द्रका उम्मेदवार एहुण्डा राइ विजयी भएका छन् । उनीे ७३६ मतका साथ विजयी भए । उनका निकटतम प्रतिद्वन्दी नेपली काग्रेसका काजीमान भोलनले ६२७ मत प्राप्त गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*