हेटौंडाको मेयरमा लामा र पौडेलको तिब्र प्रतिस्पर्धा, ३ हजार ५३३ मत गणना हुँदा गठबन्धन अगाडि

जनपत्र
१ जेष्ठ २०७९, आईतवार ०५:२२

हेटौंडा । हेटौंडाको मेयरमा मिना लामा र अनन्त पौडेलको तिब्र प्रतिस्पर्धा भएको छ । ३ हजार ५३३ मत गणना हुँदा गठबन्धन अगाडि परेको छ । कहिले एमाले अगाडी त कहिले गठबन्धनमा मेयरका उम्मेदवार अगाडि परेका छन् ।

मकवानपुरको हेटोंडा उपमहानगरपालिकाको ३ हजार ५ सय ३३ मत गणना भएको छ । जसमा ५ दलीय गठबन्धनबाट एकिकृत समाजवादीकी मिना लामाले १ हजार ६९ मत प्राप्त गर्दै अग्रता कायम गरेकी छिन् ।

त्यस्तै नेकपा एमालेबाट मेयरका उम्मेद्वार अनन्त पौडेलले १ हजार ६६ मत प्राप्त गर्दै पछाईरहेका छन्। मेयर पदमा यसैगरि, राप्रपाबाट दिपक सिंहले ९ सय ३९ मत प्राप्त गरेका छन् ।

यसैगरि,उपमेयरमा कांग्रेसका राजेश बाँनीयाले १५४२ मत प्राप्त गरेका छन् भने एमालेकी सुमित्रा काफ्लेले १२७० प्राप्त गर्दा राप्रपाकी इन्दीरा न्यौपानेले २६० मत प्राप्त गरेकी छिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*