मकवानपुरको दशै स्थानीय तहमा गठबन्धन अगाडि, पछ्याउँदै एमाले

हेटौंडा । मकवानपुरका दश वटै स्थानीय तहमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरु पालिका प्रमुख र उपप्रमुखमा अगाडी देखिएका छन् । यो समाचार तयार पार्दा सम्मको मतगणना अनुसार गठबन्धन अगाडी रहेको छ भने उसलाई एमालेका उम्मेदवारले पछ्याउँदै गएका छन् । हेटौंडामा गठबन्धन र एमालेका बिचमा कडा प्रतिस्पर्धा छ । कहिले एमाले अगाडी त कहिले गठबन्धनका उम्मेदवार पछी पर्ने गरेका छन् ।
जिल्लाका दश वटै स्थानीय तहमा मतगणना जारी रहेको छ । मतगणना अनुसार सवै स्थानीय तहमा गठबन्धन अगाडि बढेको हो । हालसम्म जिल्लाको १०२ वटा वडामध्ये ५ वटा वडाको नतीजा सार्वजनिक भइसकेको छ । जसमध्ये नेपाली कांग्रेसले ३ वटा, एमाले र माओवादी केन्द्रले ११ वटामा विजयी भएको छ । हेटौंडा उपमहानगरपालिका बाहेक अन्य स्थानीय तहमा सत्तारुढ गठबन्धनले आफ्नो अग्रतालाई विस्तारै फराकिलो बनाउँदै लगिरहेको छ ।
हेटौंडमा सत्तारुढ गठबन्धन, एमाले र राप्रपावीच रोचक प्रतिस्पर्धा देखिएको छ । उपमेयरमा भने कांग्रेसले दुईसय भन्दा बढी मतान्तर कायम गरिसकेको छ । हेटौंडाको हाल मतगणना भइरहेको चारवटा वडामा कांग्रेसले दुई र एमालेले दुईवटा वडामा अग्रता लिइरहेको छ ।