यी ६ कुराले जलाउँछन् मानिसलाई आगोविनै

जनपत्र
३ असार २०७६, मंगलवार ०६:२५

नराम्रो गाउँको बास, नीच कुलको सेवा, खराब भोज, कलह गर्ने श्रीमान् वा श्रीमती, मुर्ख छोरा र विधवा छोरी यी ६ वटाले विना आगोले नै शरीरलाई जलाउँछ। चाणक्य भन्छन्, सांसारिक तापले जलेका मानिसका लागि शान्ति दिने तीन कुरा छन्। ती हुन्, पति वा पत्नी, सन्तान र सज्जनहरूको संगत। घेटेर, काटेर, पोलेर र पिटेर जसरी सुनको परीक्षा गरिन्छ त्यसैगरी दान, शील, गुण र आचार यी चार प्रकारले मानिसको परीक्षा हुन्छ। अभ्यासबाट विद्या र सुशीलताबाट कुल कस्तो रहेछ भन्ने खुल्छ। गुणले सज्जन वा मुर्ख छुट्टिन्छ। आँखाबाट रिस थाहा पाइन्छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*