भरतपुर महानगरमा ५५ मत गणना हुँदा एमालेकाे अग्रता

जनपत्र
३१ बैशाख २०७९, शनिबार १४:४१

चितवन – भरतपुर महानगरपालिकामा मतगणना भइरहेकाे छ । अहिलेसम्म ५५ मत गणना हुँदा नेकपा एमालेका विजय सुवेदीले २३ मत प्राप्त गर्नुभएकाे छ ।

यस्तै,  गठबन्धनतर्फ नेकपा माओवादी केन्द्रबाट रेनु दाहालले १९ मत प्राप्त गर्नुभएकाे छ । यस्तै कांग्रेसबाट बागी उम्मेदवार जगन्नाथ पाैडेलले ७ मत प्राप्त गर्नुभएकाे छ । ६ मत भने बदर भएका छन् ।

भरतपुर महानगरमा एक लाख २७ हजार ८ सय ३९ मत खसेको छ । याे महानगरमा १ लाख ८५ हजार ७ सय ५२ मतदाता रहेका थिए । यहाँ ६८ दशमलव ८० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*