मनहरीमा १७८६ मतगणना, एमाले भन्दा गठबन्धन दोब्बर मतले अगाडि

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा यो समाचार तयार पार्दा सम्म १७ सय ८६ मत गणना भएको छ । यो मतगणनामा एमाले भन्दा गठबन्धनबाट काग्रेशका पालिका अध्यक्षका उम्मेदवार दोब्बर मतले अगाडी परेका छन् । यो मतगणनामा नेपाली कांग्रेसका गाउँपालिका अध्यक्षका उम्मेदवार रंजन कालाखेतीले ९९८ मत प्राप्त गरेका छन् । त्यसैगरी नेकपा एमालेका तर्फबाट अध्यक्षका उम्मेदवार एकराज उप्रेतीले ४ सय ६४ मत प्राप्त गरेका छन् । एकिकृत समाजबादीका तर्फबाट अध्यक्ष पदका उम्मेदवारले २०२ मत प्राप्त गरेका छन् ।