मकवानपुरमा मतगणना भएका धेरै स्थानीय तहमा गठबन्धन अगाडी, हेटौंडामा एमाले अगाडी

हेटौंडा । मकवानपुर जिल्लामा मतगणना भएका धेरैजसो स्थानीय तहमा गठबन्धनका उम्मेदवार अगाडी छन् । पहिलो सुरुवाती चरणको मतगणनामा एमालेका उमेदवारलाई पछी पार्दै गठबन्धनका उम्मेदवारहरु अगाडी छन् । तर, हेटौंडा उपमहानगरपालिकामा भने गठवन्धनका उम्मेदवारलाई पछाडी पार्दै एमालेका उम्मेदवार छिनो मतले अगाडी देखिएका छन् । मकवानपुरको थाहा नगरपालिका, मनहरी गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, भीमफेदी गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका लगायतका क्षेत्रमा सुरुवाती मतगणनामा गठबन्धन अगाडी देखिएको छ ।
हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १ को मतगणनामा एमाले अगाडी देखिएको छ । यता गठबन्धन र राप्रपा भने पछाडी छन् । वडा नम्वर १ को १४५ मत गणना गर्दा मेयर पदमा नेकपा एमाले अगाडि रहेको छ । एमालेका उम्मेदवार अनन्त पौडेलले ५३ मत पाएका छन् भने गठबन्धनकी मिना कुमारी लामाले ५१ मत ल्याएकी छिन् । त्यस्तै राप्रपाका दिपक सिंहले २५ मत ल्याएका छन् ।
उपमेयर पदमा भने गठबन्धनका राजेश बानियाँ अगाडि रहेका छन् । उनले ६६ मत पाउँदा नेकपा एमालेकी सुमित्रा काफ्लेले ६२ मत र राप्रपाकी इन्दिरा डल्लाकोटीले ७ मत ल्याएकी छिन् । वडा अध्यक्ष पदमा भने नेकपा एमालेका उम्मेदवारले ६८ र नेपाली कांग्रेसका उम्मेदवारले ६० मत पाएका छन् ।