जीतपुरसिमराको मेयरमा माओवादी केन्द्रका पौडेलको अग्रता

वीरगञ्ज । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार राजन पौडेलले अग्रता लिएका छन् ।
वडा नम्बर २४ को १ हजार २१० मत गणना हुँदा पौडेलले ५४३ मत ल्याएका छन् । उनी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।
उपमेयरमा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी मेघा साहीले अग्रता लिएकी छन् । उनले ५४३ मत ल्याएका छन् ।
दोस्रो स्थानमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रमुख संजयकुमार साह र उपप्रमुखका उम्मेदवार वीपी मोक्तानले समान ४०० मत ल्याएका छन् ।