दाङको घोराही उपमहानगरपालिकाको मतगणना सुरु

जनपत्र
३१ बैशाख २०७९, शनिबार १०:३४

दाङ – दाङको घोराही उपमहानगरपालिकामा मतगणना सुरु भएको छ ।

१९ वटा वडा रहेको घोराही उपमहानगरपालिकामा १४ र १९ नम्बर वडाको मतगणना केहीबेर अघिदेखि सुरु भएको हाे ।

हिजो भएको मतदानमा ७६ हजार ५ सय २१ मत खसेको थियो

दाङकै तुलसीपुर उपमहानगरपालिकामा भने जेठ ३ गतेदेखि मात्रै मतगणना गरिने छ । वडा नं १७ का अध्यक्ष पदका उम्मेदवार लवरु चौधरीको निधन भएपछि यस वडाको चुनाव ३ गतेका लागि सारिएको छ ।

दाङको लमही नगरपालिकासहित अन्य आठ पालिकाको मतगणना पनि सुरु भएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*